बुधबार, बैशाख १२, २०८१

नक्कली PCR रिपोर्ट बनाउने कार्यमा संलग्न सुरिया हेल्थकेयर र मेरिट मल्टी केयर मेडिकलका ८ जना कर्मचारी पक्राउ

काठमाडौ बैशाख ९,
महानगरीय अपराध महाशाखाको टोलीले नक्कली पिसिआर रिपोर्ट बनाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका सिनामंगलस्थित सुरिया हेल्थकेयर प्रालि र मेरिट मल्टी केयर मेडिकल सेन्टर प्रालिका ८ जना कर्मचारीहरूलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ पेप्सीगोला बस्ने झापा गौरादह नगरपालिका ७ घर भएका ४५ वर्षीय प्रकाश रायमाझी भन्ने चित्र बहादुर रायमाझी, ललितपुर ईमाडोल बस्ने सप्तरी राजविराज नगरपालिका- १३ घर भएका ३२ वर्षीय प्रमोदकुमार यादव, महोत्तरी गौशाला नगरपालिका९१ बस्ने ५० वर्षीय प्रदिप कुमार गिरी, काठमाडौं ,सिनामंगल बस्ने महोत्तरी सोनाम गाउँपालिका ६ घर भएका २५ वर्षीय अमन कुमार यादव,काठमाडौं अनामनगर बस्ने मोरङ विराटनगर महानगरपालिका ३ घर भएका ३२ वर्षीय वजेशपोख्रेल, काठमाडौं बानेश्वर बस्ने महोत्तरी गौशाला नगरपालिका १ घर भएका २२ वर्षीयबादल मिरिङ छिङ, काठमाडौं चावहिल बस्ने दोलखा बैतेश्वरी नगरपालिका ५ घर भएका २२ वर्षीय सरोज क्षेत्री र ललितपुर धापाखेल बस्ने सप्तरी मध्यपुरा गाउँपालिका १ घर भएका ४४ वर्षीय डा खेलानन्द प्रसाद रहेको जनाएके छ ।

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा अत्याधिक रकम लिई स्वाबको नमूना समेत नलिई १र२ घन्टा भित्रमा नै नक्कली पिसिआर रिपोर्ट उक्त ठाउँबाट दिने गरेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

मेरिट मल्टी केयरका एजेन्टहरूले सेवाग्राहीसँग पिसिआर परीक्षण शुल्क प्रतिव्यक्ति ९ हजार रुपैयाँ लिई सुरिया हेल्थकेयरको मिलेमतोमा स्वाब परीक्षण नै नगरी रिपोर्ट बनाई दिनेगरेको प्रारम्भीक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीको जना रहेको छ । सुरिया हेल्थकेयरबाट ४ थान नक्कली परीक्षण रिपोर्ट तथा कम्प्युटर लगायतका उपकरणसमेत बरामद गरी थप अनुसन्धान कार्यको लागि राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला टेकुको प्रतिनिधिको रोहबरमा सुरिया हेल्थकेयर हाललाई बन्द गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त महाशाखाले जनाएको छ ।