बिहिबार, बैशाख ६, २०८१

रफ्तारमा बढ्दै कोभिड संक्रमित ,आजमात्रै १ हजार ६६७ जनामा सङ्क्रमणको पुष्टि

काठमाडौ बैशाख ७ ,
नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ५५ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ६६७ जनामा कोभिड सङ्क्रमणको पुष्टि भएको    छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै आज दिएको जानकारी अनुसार आज पहिचान भएका कोभिड संक्रमितसंगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ भने यसमध्ये ८हजार ६५९ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ ।
त्यस्तै मन्त्रालयले यसवीचमा २५१ जना सङ्क्रमित निको भएको र योसंगै निको हुनेको सख्या २ लाख ७५ हजार ८६ जना रहेको जनाएको छ।

साथै यसवीचमा ११ जना सङ्क्रमितको मृत्यु भएको पुष्टि भएको जनाउदै योसंगै नेपालमा सङ्क्रमणले ३ हजार १०२ जना पुगेको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031