शुक्रबार, चैत्र १६, २०८०

राजधानीमा सहकालका देवता सेतो मच्छेन्द्रनाथको यात्रा सुरु [हेर्नुस १४ फोटो]

काठमाडौं बैशाख ७,
मंगलवारबाट राजधानीमा सहकालका देवता सेतो मच्छेन्द्रनाथको यात्रा सुरुभएको छ । धार्मिक सहिष्णुताको प्रतीक सेतो मच्छिन्द्रनाथलाई शैव सम्प्रदायले शिव, शाक्त सम्प्रदायले शक्ति र बौद्धमहायन तथा बज्रयान सम्प्रदायले आर्यअवलोकितेश्वरकारूपमा पूज्ने परम्परा रहिआएको छ ।

काठमाडौँ महानगरपालिकाका, गुठी संस्थान, सेतो मच्छेन्द्रनाथका पुजारी, रथयात्रा मार्गमा पर्ने सङ्घसंस्थाका प्रतिनिधि, हिन्दू र बौद्ध धर्मावलम्बी, संस्कृतिविद्लगायत सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा भएको छलफलले स्वास्थ्य सुरक्षाका विधि अपनाएर दूरी कायम गर्दै संस्कृतिलाइ निरन्तरता दिदै रथयात्रा गर्ने निर्णय गरेको हो।

तीनधारा पाठशालाबाट सुरु हुने रथयात्राको पहिलो दिन असनसम्म, दोस्रो दिन असनबाट हनुमानढोकास्थित कालभैरवसम्म र तेस्रो दिन कालभैरवबाट लगनटोलसम्म रथयात्रा पु९याइन्छ । चौथो दिन अर्थात् चैत्र शुक्ल एकादशीका दिन सेतो मच्छेन्द्रनाथको मूर्तिलाइ सानो रथमा राखी लगनटोलबाट मच्छेन्द्रबहालसम्म यात्रा चलाइन्छ ।

साथै रथयात्राको पहिलो दिन तीनधारा पाठशालाबाट रथ असनमा पुगेसंगै आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुहुने कार्यक्रम रहेको छ ।