बुधबार, बैशाख १२, २०८१

थप १२८१ जनामा कोभिड संक्रमण पुष्टि, ८को मृत्यु

काठमाडौं बैशाख ६,
पछिल्लो २४ घण्टामा ७००१ जनाको कोभिड परीक्षणको क्रममाथप १२८१ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ।

पीसीआर परीक्षणको क्रममा १२२७ र ५४७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५४ जना गरी १हजार २८१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालय जनाएकेछ । त्यस्तै मन्त्रालयले आज पहिचान भएका संक्रमिथत संगै नेपालमा संक्रमितको कुल संख्या दुई लाख ८५ हजार ९०० पुगेको जानकारी दिएको छ ।

त्यस्तै कुल संक्रमित मध्ये सक्रिय संक्रमितको संख्या ७२५४ रहेको जानकारी दिदै मन्त्रालयले वितेको २४ घण्टामा २५५ जना संक्रमित संक्रमणमुक्त हुँदै डिस्चार्ज भएको जानकारी दिनुको अलावा संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको जनाएको छ ।