शुक्रबार, चैत्र १६, २०८०

उपत्यकाका ४३५ सहित थप १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि , ८को मृत्यु

काठमाडौं बैशाख ५ ,
नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८४ वटा कोभिड पिसिआर परीक्षणको क्रममा थप १ हजार ९६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज पहिचान भएका संक्रमित मध्ये पिसिआर विधिबाट १ हजार १५ जना र एन्टिजेन विधिबाट ८१ जनामा कोभिड परीक्षण गरिएको जाउदै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ८४ हजार ६७३ पुगेको छ ।

त्यस्तै मन्त्रालयले कूल सङ्क्रमितमध्ये काठमाडौ उपत्यकामा मात्र ४३५ जना रहेको र यसमध्ये भक्तपुरमा ४५, ललितपुरमा ६४ र काठमाडौका ३२६ जना रहेको जानकारी दिएको छ । त्यस्ते देशभर छ हजार २९० जना सक्रिय सङ्क्रमित रहेको जानकारी सहित देशभर ११६ जना आइसियु र ४६ जना सङ्क्रमितको भेन्टिलेटरमा उपचारत भइरहेको बताएको छ ।

त्यस्तै यसवीचमा २६२ जना उपचारपछि डिस्चार्ज भएसंगै निको हुनेको सङ्ख्या दुई लाख ७५ हजार ३०० पुगेको मन्त्रालयले जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा ८ जनाको मृत्यु भएको र योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३ हजार ८३ जना पुगेको जनाएको छ ।