बिहिबार, बैशाख १३, २०८१

 सीसीएमसीको बैठक :वैशाख मसान्तसम्म सहरी क्षेत्रका विद्यालय बन्द गर्न  मन्त्रिपरिषद्लाई सिफारिस 

काठमाडौ बैशाख ४,
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र [सीसीएमसी] को आज बसेको बैठक मुलुकमा पछिल्लो समय नयाँ प्रजातिको कोभिड संक्रमणको बढ्दो त्राससंगै र त्यसको रोकथामबारे अपनाउनु पर्ने रणनीतिबारे छलफल गरेको छ ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा सरोकारवाला मन्त्रालयका मन्त्री र सचिव तथा विज्ञहरुको समेत सहभागितामा बसेको उक्त बैठकले सहरी क्षेत्रमा वैशाख मसान्तसम्म विद्यालय बन्द गर्नु न्योचित हुने ठहर गर्दै मन्त्रिपरिषद्लाई उक्त सिफारिस गर्ने निर्णय गरेको बुझिएको छ ।

नेपालमा कोभिड १९ संक्रमणको दोस्रो लहर फैलिएसँगै बढ्दो जोखिमलाई दृष्टिगत गर्दै गर्दै सीसीएमसीको बैठकले तत्काल विद्यालयहरुमा वैकल्पिक विधिबाट पठनपाठन गर्ने गराउने व्यवस्था कार्यान्वयन गर्दै विद्यालय बन्द गर्नुपर्ने निर्णय गरेको हो।

यद्यपी बैठकको निर्णय कार्यान्वयन गर्ने वा नगर्ने भन्ने सवालमा अब बस्ने मन्त्रिपरिषद्पको बैठकले औपचारिक निर्णय गर्ने बैठक पछि सीसीएमसीका सचिव खगराज बराललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।