बिहिबार, बैशाख ६, २०८१

बढ्दो कोभिडको जोखिम: तत्काल विद्यालय बन्द गरि बैकल्पिक माध्यम अपनाउन सरकारलाई निर्देशन

काठमाडौ बैशाख ४,
संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरि बैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरूले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको कारण बालबालिकामा संक्रमणको जोखिम बदढेको निष्कर्ष सहित यस्तो निर्देशन दिएको हो ।

साथै बैठकले समितिले स्वास्थ्य मन्त्रालयको विज्ञप्ति तथा विज्ञहरुको सुझावलाई ध्यानमा राखेर अत्याधिक जोखिमको वर्गमा रहेका बालबालिका तथा युवाहरुको जीवनरक्षाको मार्ग पहिल्याउन भनेको छ ।

यसैवीच पछिल्लो समय बढ्दो कोसभड संक्रमणको जोखिमलाइ मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले पनि एक साताका लागि विद्यालय बन्द गर्न अनुरोध गरेको छ। महानगरभित्रका विद्यालयहरूलाई एक पत्र पठाउँदै संक्रमित भएका विद्यालय बन्द गर्न यस्तो आग्रह गरेको हो।

शिक्षा अधिकारी रामप्रसाद सुवेदीको हस्ताक्ष्रमा जारी विज्ञप्तिमा विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट शिक्षण सिकाइ गर्न र संक्रमित नभएको विद्यालयमा कोभिडविरूद्ध अपनाउनुपर्ने मापदण्ड पूरा गर्न आग्रह समेत आग्रह गरिएको छ।