शनिबार, बैशाख ८, २०८१

यस्तो छ वर्ष २०७८ को वार्षिक राशिफल

केही राशिको लागि भाग्योदय त केहीलाइ संयम अप्नाउन आवश्यक

काठमाडौं बैशाख १ ,

कोभिड महामारी देखि अनेकन घटन परिघटनाका कारण २०७७ साल आफैमा सकारात्मक नभएका कारण नयाँ वर्ष वि।सं। २०७८ को सुरवाती संगै अवको वर्षमा त केहि सकारात्मक वातावरण बन्ने अपेक्षा गर्नु किमार्थ आफैमा अस्वभाविक पक्ष होइन ।

तर ग्रह गोचरका कारण राम्रो पक्षको अपेक्षा गदैगर्दा अचानक निराशा सहितको अवस्थाको सामाना गर्न पर्दा जोकोहिको पनि आशा र उमंगमा बज्रपात हुनु स्वाविक हुन्छ । यसअर्थमा ग्रह गोचको दृष्टिले वर्ष २०७८ को वार्षिक राशिफल हाम्रा पाठकवर्गका लागि ्ज्योतिषीय फलादेशको फाँटमा राम्रो दख्खल राख्नसफल भएका ज्यो। दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अभिव्यक्त वार्षिक राशिफल यहाँको लागि प्रस्तुत गरेका छौं ।

आशा छ प्रस्तुत राशिफल हेरेर आवश्यक जानकारी लिएर लाभ उठाउन सक्नु हुनेछ । ज्यो। सुवेदीले गतसाल वार्षिक भविष्यफल बताउँदै २०७७ मा राजनीतिक उथलपुथल हुने र देशमा संवैधानिक संकट आउने बताउनु भएको थियो । नभन्दै देशले उहाँले भनेजस्तै झमेला तथा समस्या व्यहोर्न परिरहेको अवस्था छ ।