शुक्रबार, चैत्र १६, २०८०

नेपाल- खनाल समूहको काठमाडौंमा २२५ सदस्यीय समानान्तर कमिटी घोषणा

काठमाडौं चैत २०,
नेकपा एमालेको माधवकुमार नेपाल- झलनाथ खनाल समूहले काठमाडौंमा समानान्तर कमिटी घोषणा गरेको छ । बुद्धनगरमा भएको अगुवा कार्यकर्ता भेलाले वसन्त मानन्धरको नेतृत्वमा २२५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको सम्वद्ध पक्षले जनाएकोछ ।

प्राप्त जानकारी अनुसार मानन्धरको नेतृत्वमा २२५ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव लक्ष्मीप्रसाद श्रेष्ठ रहेका छन् । त्यस्तै ओली पक्ष्को जिल्ला कमिटीका अध्यक्षमा संघीय सांसद समेत रहेको कृष्ण राई रहेका छन् ।