बिहिबार, चैत्र १५, २०८०

भारतबाट फर्केका एक पुरुषमा नयाँ प्रकारका कोभिड संक्रमण

काठमाडौं चैत २१,
भारतबाट फर्केका कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का एक पुरुषमा नयाँ प्रकारको ‘भेरियन्ट’ कोभिड संक्रमण भएको पुष्टि भएको छ । दुई साताअघि भारतको कर्नाटकबाट फर्केका व्यक्तिमा नयाँ प्रकारको कोभिडको संक्रमण पाइएको जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

प्राप्त जानकारी अनुसार भारतबाट फर्केका ती पुरुषको शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा नयाँ प्रकारको कोभिड संक्रमण देखिएको र संक्रमित घरमै आइसोलेशनमा बस्नुको अलावा उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ । यसअघि पनि थप २ जनामा यस्तै प्रकारका कोभिड संक्रमण भेटिएको बुझिएको छ ।