शुक्रबार, बैशाख ७, २०८१

नियन्त्रित लागूऔषध सहित अन्सारी र चौरासिया पक्राउ

काठमाडौं चैत २०,
चन्द्रागिरी नगरपालिका(२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल नुफिन, ६ सय एम्पुल फेनारगन, ५ सय एम्पुल डाइजेपाम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा, कलैया उपमहानगरपालिका-२७ बस्ने १९ वर्षीय आजाद अन्सारी र पर्सा पकाहामैनपुर गाउपालिका – ५ बस्ने १९ वर्षीय अमित कुमार चौरासिया रहेका छन् ।
वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५३४६ नम्बरको यात्रुबाहक बसमा सवार उनीहरूलाई महानगरीय प्रहरी प्रभाग नागढुंगास्थित चेकप्वाईन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूले ल्याएको झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान भईरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031