शुक्रबार, बैशाख ७, २०८१

खिचापोखरीस्थित आइएमईबाट रु छ लाख लुटपाट गर्ने समूह प्रहरीको फन्दामा

चैत १९
राजधानीको खिचापोखरीस्थित ग्लोबल जिपाङ टुर्स एण्ड ट्राभल्स नामक आइएमईबाट रु छ लाख लुटपाट गरेको गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीयवासी प्रवेश राजभण्डारीले सञ्चालक रहेको उक्त आइएमईमा बुधबार साँझ ५ बजे अपरिचित व्यक्तिले धारिलो हतियार देखाई कर्मचारी दीपक मल्ललाई बाँधी रु छ लाख बराबरको नगद लुटपाट गरी फरार भएका दाङको तुलसीपुर घर भई हाल काठमाडौँको पुरानो बानेश्वर बस्ने १७ वर्षीय दिपुन श्रेष्ठ, रुकुम सानीभेरी घर भइ काठमाडौँ बस्ने तिलक रावत, कालीकोट घर भई ललितपुर बालकुमारी बस्ने २० वर्षीय नवीन केसी र सोही ठाउँका उमेश केसीलाई पक्राउ गरेको हो ।

त्यस्ते पक्राउ परेका अभियुक्तको साथबाट रु ५९ हजार नगद र अर्का उनीहरुकै सहयोगी बालाजु बस्ने मञ्जु पुटुवारसमेत नगद रु ७५ हजारसमेत पक्राउ गरेको जनाएनुको अलावा अभियुक्त हरु लागुऔषध सेवनकर्ता रहेको जनउदै पक्राउ परेकाहरु उपर आवश्यक कानूनी कारवाही शुरु भएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031