बिहिबार, चैत्र १५, २०८०

पार्टीको नाम विवाद प्रकरणको फैसला पुनारावलोकन नहुने सर्वोच्चको निर्णय

काठमाडौं चैत १९,
सर्वोच्च अदालतबाट ऋषिराम कट्टेल नेतृत्वको नेकपा पार्टीको नाम विवाद प्रकरणमा भएको फैसलाविरुद्ध माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फैसला पुनारावलोकनका लागि दिएको निवेदनको सुनवाइ नहुने निर्णय गरेको छ। सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको ३ न्यायाधीशको पूर्ण इजलासले यस्तो निर्णय गरेको हो ।

माओवादी केन्द्रको तर्फबाट गएको मंगलवार सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने सवालमा गेको फैसलाको lव?द्ध अध्यक्ष प्रचण्डले पुनारावलोकनका लागि दिनुभएको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको पूर्ण इजलासमा सुनुवाइ भएको हो ।