शुक्रबार, चैत्र १६, २०८०

एमालेका नेताद्वय पाण्डे र भुषाललाई छ महिने निलम्बनको कारवाही

काठमाडौं चैत १९,
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी एमाले ले थप दुई नेता क्रमस सुरेन्द्र पाण्डे तथा घनश्याम भुषाललाई छ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । यसअघि नेताहरु माधवकुमार नेपाल र भीमबहादुर रावललाई पनि छ महिने निलम्बनको कारवाही गरेका सत्तारुढ दल एमालेले नेताद्वय पाण्डे र भुषालले स्पष्टीकरणको जवाफ ढिला दिनुको अलावास्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको जनाउ सहित निलम्बनको निर्णय गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ।

अवैधानिक गुटगत भेला गर्दै हिँडेको आरोप लागेका नेता पाण्डे र भुषालसंग पहिलो पटकको स्पष्टीकरण माग गरिएकोमा जवाफ नदिएपछि चैत १६ गते पुनः अर्को स्पष्टीकरण सोधिएको र उक्त स्पष्टीकरणको समेत जवाफ ढिला दिनको अलावा जवाफ अपेषित नभएको जनउ सहित यस किसिमको कारवाही गरिएको सम्वद्ध पक्षले जनाएको छ।