मङ्लबार, बैशाख ११, २०८१

राप्रपाको महाधिवेशन जेठ २२ देखि २५ गतेसम्म काठमाडौमा हुने

काठमाडौ बैशाख ७,
राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन आगामी जेठ २२ देखि २५ गतेसम्म काठमाडौँमा गर्नेभएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय अन्र्तगत कार्य व्यवस्था समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन वैशाख मसान्त र प्रदेश कार्य समितिको निर्वाचन आगामी जेठ ७ गतेसम्म समपन्न गरिसक्न निर्देशन दिदै महाधिवेशनको मिति तय गरेको हो ।

बैठकमा सक्रिय सदस्यता वितरण गर्ने म्याद भने अन्तिम पटकका लागि वैशाख मसान्तसम्म थप गर्ने निर्णय समेत गरेको अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको उपस्थितिमा बसेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।