शनिबार, बैशाख ८, २०८१

बिश्व हिन्दु महासंघले भन्यो -हरिद्वारमा पूर्व राजाकाे शाही स्नानपछि हामी हिन्दुहरुकाे हाैसला बढेको छ

काठमाडौं बैशाख ६,
बिश्व हिन्दु महासंघले हिन्दु धर्मावलम्बीको पवित्र धार्मिक स्थल हरिद्वारमा सम्पन्न कुम्भ मेलामा पूर्व श्री ५ महाराधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव सरकारलाई हिन्दु सम्राटका रुपमा आमन्त्रण गरि हाम्रो पूर्विय दर्शन ,सभ्यता संस्कृतिको आदर्श र मूल्य मान्यतालाई अक्षुण राख्दै सम्पूर्ण हिन्दु धर्मावलम्बीको अभिभावक र हिन्दु धर्मको संरक्षकको रुपमा बिशेष स्वागत गरि भव्यताका साथ शाही स्नानमा सहभागी गराई हर्षोल्लासका साथ कुभ्म मेला सम्पन्न गरिएकोमा तमाम नेपालीहरु गौरवान्वित तथा हर्षविभोर भएको जनाएको छ ।


महासंघकी महासचिव अस्मिता भण्डारीले आज जारी विज्ञप्तिमार्फत कुभ्म मेलामा भए गरेका यावत गतिविधी सहितको महत्त्वपूर्ण कार्यले हामी सम्पूर्ण हिन्दु धर्मावलम्बीको हौसला बढेको उल्लेख गर्दै श्री पंचायती अखडा निरन्जनीका पिठाधिश्वर आचार्य महामण्डलेश्वर श्री कैलाशानन्द गिरीजी , भारत उत्तराखण्ड सरकार तथा सम्पूर्ण , सन्त ,महन्त मठाधिश , पिठाधिस लगायत हिन्दु ओमकार परिवारमा हार्दिक आभार सहित धन्यवाद ब्यक्त गर्नुभएको छ।