बिहिबार, बैशाख १३, २०८१

पत्रकार र कर्मचारीको स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन माग

काठमाडौ बैशाख ९,
नेपाल पत्रकार महासङ्घले कोभिड–१९ को दोस्रो लहरबाट जोगिँदै स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर मात्रै पेशागत कर्तव्य पूरा गर्न आम सञ्चारकर्मीलाई आग्रह गरेको छ । अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले विभिन सञ्चारगृहमा कार्यरत सञ्चारकर्मी र कर्मचारीका लागि स्वास्थ्य सतर्कतामा विशेष ध्यान दिई काम गर्ने वातावरण मिलाउन सञ्चारगृहसँग माग समेत गरेको छ ।

साथै महासङ्घले कोभिड–१९ को दोस्रो लहरको प्रारम्भिक स्वरुप विश्लेषण गरी सञ्चार क्षेत्रमा गम्भीर समस्या उत्पन्न हुने आँकलन गर्दै अनुगमन समिति गठन गरेको छ । समग्र विषयको अनुगमन तथा समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको संयोजकत्वमा उपाध्यक्षद्वय बाला अधिकारी, उदय जिएम, सचिव पवन आचार्य र नारायणसुन्दर किलम्बुका साथै प्रदेशबाट निर्वाचित केन्द्रीय सदस्य रहेको समिति समेत गठन गरेको बैठक पछि जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

त्यसैगरी विज्ञप्तिमा सञ्चारगृहमा उत्पन्न हुनसक्ने समस्याको समाधान र समन्वय गर्न समिति गठन गरिएको छ । महासचिव रोशन पुरीको संयोजकत्वमा सचिव गोविन्द चौलागाईं, लेखा समिति संयोजक लेखनाथ न्यौपाने, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्य शान्तराम बिंडारी, विकास कार्की, रामकृष्ण अधिकारी, मणि दाहाल र कृति भट्टराई सदस्य रहेको समिति गठन गरिएको उल्लेख गरिएको छ ।

त्यस्तै बैठकले केन्द्रीय समितिले गठन गरेको समितिसँग समन्वय गरी कोभिड–१९ को दोस्रो लहरबाट प्रदेश र जिल्लामा उत्पन्न हुनसक्ने समस्या र चुनौतीहरु सामना गर्न महासंघको प्रदेश, जिल्ला, एसोसियट र प्रतिष्ठान शाखालाई सक्रियरुपमा काम गर्न निर्देश गर्दै सम्भावित जोखिमबाट सञ्चार क्षेत्रलाई जोगाउँदै पत्रकारले कोभिड महामारीका बीचमा पनि निर्वाध र सहजरुपमा काम गर्ने वातावरण निर्माणका लागि पनि सरकारसँग विशेष आग्रह गरिएको छ ।

सञ्चार क्षेत्रमा स्वास्थ्य सामग्रीको सहज उपलब्धता, खोप लगाउन छुटेका पत्रकारलाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन र कोभिडविरुद्धको लडाईंमा अग्रभागमा रहेर काम गर्ने पेशाकर्मीका नाताले विशेष प्रोत्साहन गर्न महासङ्घले विशेष आग्रह गेको छ । बैठकले सबै आमसञ्चारकर्मीमा महामारीको यो कठिन समयमा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै सत्यतथ्य समाचार सामग्री सम्प्रेषण गर्दै जनताको सुसूचित हुने अधिकारको प्रत्याभूतिका लागि अग्रभागमा रहेर कर्तव्य पालना गर्ने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031