शनिबार, जेष्ठ २९, २०७८

१५२ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ६५ जना डिस्चार्ज , १ को मृत्यु

भिडभाड हुने सबै खालका गतिविधि बन्द गर्न मन्त्रालयको आग्रह

काठमाडौं चैत १९,
नेपालमा पछिल्लो २४ घण्टामा   ४ हजार २१३ जनाको पीसीआर परीक्षणको क्रममा १५२ जना कोभिड सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका कोभिड संक्रमित संगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७७ हजार ४६१ पुगेको छ भने यसवीचमा ६५ जना सङ्क्रमित उपचार पछि डिस्चार्जभएसंगै निको हुनेको कुल सख्या २ लाख ७२ हजार ८५१ जना पुगको जानकारी दिएको छ।

त्यस्तै मन्त्रालयले वितेको २४ घण्टामा १ सङ्क्रमितको मृत्यु भएको पुष्टि गर्दै हालसम्म ३ हजार ३१ जना सङ्क्रमितले संक्रमणका कारण ज्यान गुमाएको जनाएको छ।

यसैवीच मन्त्रालयले पछिल्लो समय कोभिड संक्रमितको सख्या बढ्दै गएसंगै सबैखाले भिड हुने गतिविधि रोक्न आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भिडभाड हुने खालका सबै गतिविधि बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह गरेको जानकारी दिनुभएको हो ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2021
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031