बिहिबार, चैत्र १५, २०८०

१६७ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ३ को मृत्यु

काठमाडौं चैत १७,
नेपालमा पछिल्ले २४ घण्टामा ३ हजार १४० जनाको पीसीआर परीक्षण गर्ने क्रममा १६७ जना कोभिड सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै कुल सङ्क्रमितको संख्या दुई लाख ७७ हजार १४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै जनाएकोछ ।

त्यस्तै मन्त्रालयले यसवीच्मा ११५ जना कोभिड मुक्त भएको र योसंगै संक्रमण मुक्त हनेको सख्या २ लाख ७२ हजार ७२७ पुगेको जनाएकोछ ।साथै वितेको २४ घण्टामा ३ जनाको मृत्युको पुष्टि भएको मन्त्रालयले उल्लेख गरेका छन ।