बिहिबार, बैशाख १३, २०८१

१ सय ४१ जना नयाँ संक्रमित थपिदै गर्दा ८२ जना डिस्चार्ज

काठमाडौं चैत १६,

पछिल्लो २४ घन्टामा देशभर ३ हजार १ सय २२ जनामा गरिएको पिसिआर परीक्षणको क्रममा १ सय ४१ जना नयाँ संक्रमित थपिएसंगै कुल कोभिड संक्रमितको संख्या २ लाख ७६ हजार ९ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले देशभर थप ८२ जनाले कोभिड मुक्त हुँदै घर फर्किएसंगै कोभिड मुक्त हुनेको सख्या २ लाख ७२ हजार ६सय १२ जना पुगेको जनाएको छ ।

त्यस्तै देशभर १ हजार ३ सय ४१ सक्रिय संक्रमित रहेको र संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार २७ पुगेको जनाएको छ ।