बिहिबार, चैत्र १५, २०८०

श्रोत नखुलेको ३० लाख ५० हजार रुपैयाँ सहित २ जना पक्राउ

काठमाडौं चैत १४
काठमाडौं महानगरपालिका९२४ बिशालबजार नजिकबाट श्रोत नखुलेको नगद ३० लाख ५० हजार रुपैयाँ सहित काठमाडौं कालोपुल बस्ने गुल्मी कालिगण्डकी गाउँपालिका-१ घर भएका २५ बर्षीय गणेश पाण्डे लगायत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्‍त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले रकम सहित फेला पारी पक्राउ गरेको जनाएकोछ ।

त्यस्तै प्रहरीले उनीहरुको साथबाट दरौदी बहुउद्देश्य सहकारी संस्थाको १ लाखको चेक, रञ्जना बहुउदेश्य सहकारी संस्थाको २५ हजारको चेक, कुमारी बैंकको २ लाख ८५ हजारको चेक, गुणकारी बचत तथा ऋण सहकारी संस्थाको १० हजारको चेक र १ थान मोबाइल प्रहरीले बरामद गरेको जनाउँदै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।