बिहिबार, चैत्र १५, २०८०

कम्युनिस्ट आन्दोलनमा न्याईच्याईको योगदान महत्वपूर्ण : पूर्वमन्त्री बस्नेत

भक्तपुर चैत १२/  राम चन्द्र प्रजापति

नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा स्वर्गीय ज्ञानबहादुर न्याइच्याईको १०औं स्मृतिसभाको आयोजना गरिएको छ ।

न्याईच्याई स्मृति प्रतिष्ठानद्वारा आयोजित स्व: ज्ञानबहादुर न्याइच्याईको १० औं स्मृतिसभालाई सम्बोधन गर्दै स्वर्गीय न्याईच्याइले गरेको काममा कहिल्यै पनि जनताले नकारात्मक खबर सुन्न नपरेको बताउँदै स्व: न्याइच्याइ अखिल नेपाल किसान संघको राजनीति भुमिका खेल्दै ,नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण योगदान दिएको बताए ।

कार्यक्रममा वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य रामेश्वर बोहरा,समाजसेवी रोमन शिलाकार, स्व: न्याइच्वाइका समकालीन नेता श्रीभक्त मानन्धर, रमेश न्याइच्वाइ विश्वराज शिल्पकार लगाएतले १० औं स्मृति कार्यक्रममा स्व। ज्ञानबहादुर न्याइच्याईको चर्चा गर्नु भएको थियो ।