शुक्रबार, चैत्र १६, २०८०

महोत्तरी पिपरा गाउँपालिकामा गाडिएको अवस्थामा  झा दम्पतीको शव फेला,  शवको फरेन्सिक चेकजाँचको तयारी

जनकपुरधाम चैत १२,
एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपरा गाउँपालिका– ५ सहोडबाका झा दम्पतीको घरभन्दा झण्डै साढे ३ किलोमिटर दूरीमा गाडिएको अवस्थामा शव फेला परेको छ । प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएको र दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा फेला परेको बताएका छन ।

खाल्डो खनेर निकालिएको शवको दम्पतीको छोरा बुहारीले सनाखत गरेका छन् । गीतादेवीले लगाएको कपडा, पोते र चुराले उनको पहिचान भएको छ भने मुसाफिरले लगाएको टिसर्टले उनको पहिचान भएको जनाउदै प्रहरीले यसअघि झा दम्पतीको अपहरण गरेको अभियोगमा ५२ बर्षीय रामबाबु यादव, उनका छोराहरु २६ बर्षीय सुरेन्द्र यादव र २४ बर्षीय राजेन्द्र यादव र पिपरा– ६ बस्ने भारतीय नागरिक ५० बर्षीय हरेन्द्र ठाकुर पक्राउ गरेका थिए ।