बिहिबार, बैशाख ६, २०८१

 सार्वजनिक स्थानमा भिडभाड, सभा, जुलुस नगर्न प्रशासनको आव्हान

काठमाडौं चैत ११,
छिमेकी मुलुक भारतमा बढ्दो कोभिड संक्रमितको रफ्तारसंगै नेपालमा पनि त्यसको प्रत्यक्ष वा परोक्ष प्रभाव पर्न सक्ने अवस्थालाइ दृष्टिगत गर्दै गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरे अनुरुप काठमाडौं प्रशासनले आज एक विज्ञप्ति जारी गरि पर्वको नाममा हुन सक्ने भिडभाड, सभा, जुलुस नगर्न नगराउन आह्वान गरेको छ ।

त्यस्तै जारी विज्ञप्तिमा प्रशासनले पछिल्लो दिनमा कोभिड संक्रमितको सख्या बढ्दो रहेको र यसवीचमा भारत संगको खुलानाका कारण अवात जावत समेत बढ्दो रहेको जाउ सददै आसन्न् होली पर्व लगायत बाँकी अन्य पर्व मनाउने क्रममा स्वास्थ्य सतर्कता अपनाउदै सकेसम्म भिडभाड र हुलहुज्जत नगरि घरमै सिमित गर्न समेत आव्हान् गरेको छ।साथै सार्वजनिक स्थानमा आवत जावत गर्दा मास्क को प्रयोग गर्न र स्वास्थ्य मापदन्डलाइ ख्याल गर्न समेत भनेको छ।