बुधबार, बैशाख १२, २०८१

७७ वटै जिल्ला प्रशासनलाइ गृहको परिपत्र : क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट राख्नु

काठमाडौं चैत ११,
सरकारले कोभिड संक्रमितको सख्या बढेसंगै देशभरका जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनको अवस्था अपडेट गराउन परिपत्र गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले ७७ वटै जिल्लाका क्वारेन्टिन र आइसोलेसन फेरि पनि आवश्यक पर्ने अवस्थालाई मध्यनजर गरेर अपडेट राख्न जारी परिपत्र गरिएको जानकारी दिनुभएको हो ।

यसअघि छिमेकी मुलुक भारतमा कोभिड संक्रमण बढिरहेका बेला नेपालमा पनि कोभिड संक्रमण बढ्न सक्ने भन्दै केही दिनअघि स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरी कोभिड संक्रमण फैलिन सक्ने भएकाले भिडभाड, सभा, जुलुस नगर्न आह्वान गरेको थियो ।