शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपति भण्डारी बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज प्रस्थान गर्दै

काठमाडौं चैत ९ ,
राष्ट्रपति विद्यादेवी भण्डारी ५४ सदस्यीय प्रतिनिधीमण्डलको नेतृत्व गर्दै आज बंगलादेशको दुई दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्दैछिन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बिहान त्यसतर्फ जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान ८ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजबाट ढाका प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।त्यस्तै परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशको दुई दिने राजकीय भ्रमणको क्रममा उहाँले समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको जनाएको छ ।