शुक्रबार, चैत्र १६, २०८०

कांग्रेस नेता कोइरालाको निधन

काठमाडौं चैत ५,

नेपाली कांग्रेस मोरङका नेता एवम् पूर्वप्रधानमन्त्री तथा सभापति स्व. सुशिल कोइरालाका भाइ अशोक कोइरालाको बुधबार राति निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा मृत्यु भएको हो । उनको आजै अन्त्येष्टी गरिने भएको छ ।

७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो नगर प्रमुख पनि हुन् । उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए ।