शुक्रबार, बैशाख ७, २०८१

अन्नपूर्ण पोष्टका २८ जना पत्रकारले दिए सामूहिक राजीनामा

काठमाडौं चैत ५,
अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत श्रमजीवी पत्रकारहरुले सामूहिक राजीनामा दिएका छन् । २०७८ देखि जेठ ३ गते लागू हुनेगरी पत्रिकामा कार्यरत २८ जना पत्रकारहरुले मंगलबार सामूहिक राजीनामा दिएको हो ।  राजीनामा दिने पत्रकारहरुमा पत्रिकाको शुभारम्भ समय देखि पत्रिकाको श्रस् वृद्धिका लागि अहोरात्र लाग्दै आएको पत्रकारहरु समेत रहेका छन ।

त्यस्तै सामूहिक राजीनामा पत्रमा सम्पादक अखण्ड भण्डारी र कम्पनीका सिइयो मानस घिमिरेले पत्रिकाको प्रिण्ट संस्रकरण बन्द गर्दै डिजिटाइजाइजमा जाने भएका कारण माथिको आदेश भन्दै राजीनामा दिन दबाब दिएको उल्लेख गरिएकोछ ।

त्यस्तै पत्रिका बन्द हुने विषयमा कम्पनीका अध्यक्ष क्पाप्टेन रामेश्वर थापाले पत्रकारहरुलाई सम्बोधन गर्ने आश्वासन सम्पादक भण्डारीले दिए पनि अहिलेसम्म त्यो हुन नसकेकाले राजीनामा दिएको पत्रकारहरुले दिएको राजीनामा पत्रमा उल्लेख छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु