शनिबार, जेष्ठ २९, २०७८

सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने महर्जन पक्राउ

काठमाडौ चैत ५,
सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका(१८ घर भई हाल सोही महानगरपालिका-२५ भैँसेपाटी बस्ने ४१ वर्षीय रविन्द्र महर्जनलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

भ्याली कन्स्ट्रक्सन प्रालिले ललितपुर पुल्चोक श्रीमहलस्थित संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी “चपुर(९ स्थित बहु तले अस्पताल भवन, मेडिटेसन हल, कक्षा कोठा र कम्पाउन्ड वाल समेत २०७१ भदौ २४ गते निर्माण कार्य सुरु गरी भ्याट बाहेक ४३ करोड ३७ लाख ५५ हजार ६ सय ९ रुपैयाँ ८८ पैसा २०७३ असोज ८ गते सम्पन्न गरी संस्थालाई हस्तान्तरण गरेको प्रमाणित गरीन्छ” भन्ने व्यहोरा उल्लेख गरी संस्थाका योजना अधिकृत गंगा कुमारी गुरुङ र शाखा अधिकृत दिर्घ कुमारी गुरुङको हस्ताक्षर भएको विभिन्न ६ वटा पत्रहरु कीर्ते गरेको खुल्न आएको छ ।

ती पत्रहरू विभिन्न मिति र समयमा नेपाल सरकारका विभिन्न निकायहरुद्वारा आव्हान गरिएका बोलपत्रहरुमा भाग लिने क्रममा बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा बिकास समितिको अनुभवको प्रमाणितपत्र समेत संलग्न गरी सरकारी र सार्वजनिक लिखत कीर्ते गर्ने कार्यमा समेत उनी संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

  पक्राउ परेका महर्जनको  साथबाट १ थान मोबाइल, २ थान ल्यापटप, २ थान कम्प्युटरको सिपियु, ७ थान मागी गुम्बा समिति संस्थाको छाप सहितको खाली लेटरप्याड, १ थान मागी गुम्बा समिति संस्थाको छाप, मागी गुम्बा समिति संस्थासँगको सहमतिपत्र र बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको थप रकम निकासा सम्वन्धि लेखिएको चिठ्ठिको छायाँप्रति, २३ थान रकम समेत लेखिएको विभिन्न बैंकहरुको चेक लगायतका कागजपत्र प्रहरीले बरामद गरेको  जनाउदै  पक्राउ  परेका महर्जन उपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु