शुक्रबार, बैशाख १४, २०८१

३२ सय ५४ जनाको कोभिड परीक्षणको क्रममा १०७ जना सङ्क्रमित थपिए, १ को मृत्यु

काठमाडौ चैत ५,
नेपालमा पछिल्लो २४ घण्टामा ३हजार २५४ जनाको परीक्षणको क्रममा १०७ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज थपिएका संक्रमित संगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ । त्यस्तै, वितेको २४ घण्टामा ६० जना संक्रमित निको भएको र योसंगै निको भएकाको संख्या २ लाख ७१ हजार ६१० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

साथै वितेको चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको र यो संगै अहिलेसम्म ३ हजार १५ पुगेको समेत स्वास्थ्य मन्त्रालयले जनाएको छ ।