शनिबार, जेष्ठ २९, २०७८

पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित गठबन्ध सहितको चुनावी सरगर्मी शुरु

काठमाडौं चैत ४,
नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित हुँदै सञ्चार सम्वद्ध विभिन्न् संघ संगठनवीच गठबन्ध गरेर अघि बढ्ने सहमति हुने क्रमले नेपाली पत्रकारिता बजार निकै गर्माएको अवस्था छ ।

यसअघि सामूदायिक रेडियो प्रशारक संघको सम्पन्न् निर्वाचनमा राजनीतिक दल र तीनका नेताको प्रस्ताव, समर्थन र संरक्षणमा गत साता एमाले ओली गुट निकटको प्रेस चौतारी, कांग्रेस निकटको नेपाल प्रेस युनियन, राप्रपा निकटको मिडिया नेपाल ,जसपा निकटका प्रेस मञ्च नेपाल सहितका पाँच वटा पत्रकारका संगठनले गठबन्धन भएको थियो ।

त्यस्तै महासंघको आसन्न् निर्वाचनका लागि भन्दै मंगलवार एमालेको माधवकुमार नेपाल समूह निकटका प्रेस चौतारी र नेकपा माओवादी केन्द्र निकटको प्रेस सेन्टर, राष्ट्रिय जनमोर्चा निकटको प्रगतिशिल पत्रकार संघ, नेकपा मोहन बैद्य समूह निकटको क्रान्तिकारी पत्रकार महासंघ र नेकपा विप्लव समुह निकटको जनपत्रकार संगठनबीच मंगलबार गठबन्धन गरेर जाने सहमति गरेका छन् ।

माओबादी केन्द्रसँग नजिक रहेको प्रेस संगठनका संयोजक महेश्वर दाहाल, एमालेको नेपाल समूह निकटको प्रेस चौतारीका महासचिव राजेश राई, जनमोर्चा निकटको प्रगतिशिल पत्रकार संघका उदय जीएम, बैद्य समुह निकटको क्रान्तिकारी पत्रकार महासंघका कार्यवाहक अध्यक्ष नारायण पंगेनी र विप्लव समूह निकटको जनपत्रकार संगठनका संयोजक शेरबहादुर विकको संयुक्त हस्ताक्षरमा ५ बुँदे सहमति सहित गठबन्धनको घोषणा गरेको हो । 

सहाति पत्रमा श्रमजीवि पत्रकारहरुको हक हितको पक्षमा विगतदेखि आन्दोलनरत रहेको र महासंघको निर्वाचनमा समेत विगतको सहकार्यलाई निरन्तरता दिने, महासंघको सबै तहको संरचनामा विभिन्न जाति, भाषा, क्षेत्र र लैगिंकरुपमा अधिकतम साझा र समावेशी बनाउने घोषणा गरेका छन् । साथै  पत्रकारको पेशागत एवम् भौतिक सुरक्षाको लागि खबरदारी गर्ने, प्रेस स्वतन्त्रताबिरोधी कानूनको खारेजी गर्ने तथा महासंघको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न सबै पक्षसँग अपिल गरेका छन् ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु