बिहिबार, बैशाख १३, २०८१

पार्टीभित्र बढ्दो अनुशासनहीनता, उच्छृङ्खल क्रियाकलाप सह्य नहुने प्रम ओलीको चेतावनी

काठमाडौं चैत ३,
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आज बालुवाटारमा पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित चियापान कार्यक्रमलाइ सम्बोधन गर्दै आफुले पार्टीलाइ अनुशासित र एकताबद्ध पार्टी बनाउन खोज्दा स्वेच्छाचारिता सहितको छुट्टै भेला बैठक समानान्तर कमिटी बनिरहेकोमा आक्रोश व्यक्त गर्दै एउटै पार्टीभित्र बसेर अनुशासनहीनता, उच्छृङ्खल क्रियाकलापमा छुट नहुने भन्नुहुँदै उहाँले “त्यस्तो क्रियाकलाप सह्य नहुने बताउभएकोछ ।

त्यस्तै उहँँले गुटगत भेलामा नजान नेता कार्यकर्तालाई आग्रह गर्दै एमालेसँग सम्वद्ध कोही नेता कार्यकर्तालाई गुटगत भेला नगर्न र नजान सचेत गराउदै गराए ।

त्यस्तै प्रधानमन्त्री ओलीले अब पार्टीमा विधि विधानविरोधी क्रियाकलाप गर्न छुट नभएको र यदि कोहि कसैले यस्ता विधानविरोधी क्रियाकलाप गर्छन भने अब सहेर नबस्ने हदैसम्मको कारवाही गर्ने चेतावनी समेत दिएका छन ।

साथै उहाँले आजको चियापान मुलत केन्द्रीय कमिटीका सदस्यहरुबीच भेटघाट नभइरहेको अवस्थामा भेटघाट होस् भन्ने उद्देश्यले आयोजना गरिएको बताउदै चैत ७ गते शनिबार केन्द्रीय कमिटीको १२ औं बैठकमा सहभागी हुन समेत आव्हान गर्नुभयो ।