मङ्लबार, बैशाख ११, २०८१

नेपाल समूहका नेता पाण्डेको प्रश्न – विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन ?

काठमाडौं चैत ३,
नेकपा एमालेको माधवकुमार नेपाल समूहको बुधवार विहीवार हुने राष्ट्रिय कार्यकर्ता भेलाको विस्तृत विवरण सार्वजनिक गर्ने आज आयोजित पत्रकार सम्मेलनमा अरुलाइ कारवाही गर्छु भन्ने प्रधानमन्त्री ओलीलाइ पहिलो कारवाही हुन पर्ने समूहका नेताहरुले जिकिर गरेका छन ।

प्रधानमन्त्री ओलीले आज दिएको अभिव्यक्ति अर्थात पार्टीभित्र स्वेच्छचारिता र अनुशासनहीनता बढ्दो रहेको र यस्तो स्वेच्छचारिता सह्य नहुने भन्दै छुट्टै भेला बैठक संगै समानान्तर कमिटी बनाउने समूहलाइ कारवाही गरिने चेतावनी प्रति लक्षित हुँदै सहित नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी फुटको गतिविधि अध्यक्ष केपी ओलीले सुरु गरेको हुनाले उनी कारबाहीको भागीदार भएको समेत बताउँदै विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न समेत गरेका छन ।

त्यस्तै पत्रकार सम्मेलनमा समूहका पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले ओलीका गतिविधिविरुद्ध आफूहरु दृढतापूर्वक उभिएको र राष्ट्रिय भेलामार्फत आधारभूत तहसम्म यो सन्देश पुर्‍याउने बताउँदै राष्ट्रिय कार्यकर्ता भेला भव्यतापूर्वक सम्पन्न हुने दावी समेत गर्नुभएको छ ।