शुक्रबार, चैत्र १६, २०८०

माओवादी केन्द्रको संसदीय दलको नेतामा अध्यक्ष प्रचण्ड

काठमाडौं चैत ३,
नेकपा माओवादी केन्द्रको आज बसेको संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष प्रचण्डलाई र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको छ ।

त्यस्तै बैठकले राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा भने दिनानाथ शर्मालाई चयन गरेको सम्वद्ध स्रोतले जनाएको छ । सर्वोच्चको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएसंगै माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो ।