बिहिबार, बैशाख ६, २०८१

पछिल्लो २४ घण्टामा ११४ जना कोभिड सङ्क्रमित थपिए

काठमाडौं चैत ३,
नेपालमा पछिल्लो २४ घण्टामा ११४ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै मन्त्रालयले २ हजार ७९० वटा पीसीआर परीक्षणको क्रममा ११४ जना नयाँ संक्रमित जानकारी दिएको हो ।

त्यस्तै गरि आज थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या २ लाख ७५ हजार ४२४ पुगेको मन्त्रालयले जनाएकेछ । यसैवीच ९४ जना सङ्क्रमित निको भएको र योसंगै निको भएकाको संख्या २ लाख ७१ हजार ४९५ पुगेको जानकाी मन्त्रालयले दिएको छ ।

नेपालमा हाल ९१५ जनामा सक्रिय सङ्क्रमित रहेको र वितेको २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले उल्लेख गरेको  छ ।