शुक्रबार, चैत्र १६, २०८०

राष्ट्रिय भेलाको जानकारी दिन नेपाल–खनाल समूहले आज पत्रकार सम्मेलनको आयोजना गर्दै

काठमाडौ चैत ३,
नेकपा एमालेको नेपाल–खनाल समूहले प्रस्तावित राष्ट्रिय भेलाको जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गदैछ । आज दिउँसो दुई बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने पत्रकार सम्मेलनमार्फत बुधवार र विहिवार आयोजना गरिने राष्ट्रिय कार्यकर्ता भेलाको विस्तृत विवरण सार्वजनिक गर्ने बताईएको छ ।

यसवीचमा प्रस्तवित भेलाको चर्चा संगै अत्तालिएका पक्षले भेला रोकिने प्रोपगण्डा गरेपनि भेला कुनै हालतमा नरोकिने र सोमबार पार्टी कार्यालय धुम्बाराहीमा ओली पक्षसंग भएको भएको छलफल समेत बिनानिस्कर्ष टुंगिएसंगै भेलाको सार्थकता थप बढेको सम्वद्ध स्रोतले जनाएकोछ ।

स्मरण रहोस सोमवार ओली र नेपाल पक्ष वीच भएको छलफलमा नेपाल–खनाल पक्षले फागुन २८ गते पदाधिकारी हटाउने एकलौटी निर्णय खारेज हुनुपर्ने र त्यसपछि मात्र छलफल अघि बढ्ने अडान राखेका थिएभने ओली पषले राष्ट्रिय कार्यकर्ता भेला रोकेर पार्टी एकतालाई बलियो बनाउने, केन्द्रीय समिति बैठकका विषयमा साझा सहमति बनाएर जान प्रस्ताव गरेका थिए।