मङ्लबार, बैशाख ११, २०८१

आज पुनर्स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौ चैत ३,
पुनर्स्थापित प्रतिनिधिसभाको तेस्रो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने र संविधानसभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

अधिवेशन शुरु भएको पहिलो बैठकमै सरकारले जारी गरेका अध्यादेश पेश गर्नुपर्ने भए पनि सरकारले अध्यादेश पेस गर्ने लगायतका एजेन्दालाइ कार्यसूची नबनाइका कारण जारी अध्यादेशहरु अलपत्र परेको संसद् सचिवालय सम्वद्ध स्रोतले जनाएकोछ ।