बुधबार, बैशाख १२, २०८१

मुलुकमा राजनैतिक घटनाको तरलता तरङ्गित हुँदै गर्दा राष्ट्रपतिबाट सर्वदलीय बैठक आव्हान

काठमाडौं चैत २,
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेताहरूलाई समसामयिक विषयमा छलफलका लागि भन्दै मङ्गलबार अपराह्न ४ बजे राष्ट्रपति भवनमा छलफलका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

त्यस्तै मुलक पछिल्लो समय राजनैतिक घनीभूत तरलतामा तरंगित हुँदै गर्दाको अवस्थामा राष्ट्रपतिबाट आव्हान भएको सर्वदलीय बैठकको सूचना सार्वजनिक भएसंगै यत्र ,तत्र, सर्वत्र अनेकन चर्चा परिचर्चा शुरु भएको छ।

यद्यपी गत पुस ५ गते प्रधानमन्त्री केपी  ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गर्दै संसद पुनःस्थापनाको फैसलाको आदेश र सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद सम्बन्धमा गरेको फैसलासंगै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रवीच एकता भइ अस्तित्वमा आएको नेकपा भने पूर्व एमाले र माओवादी केन्द्रको प्रारुपमा रुपान्तरित भइ सिर्जना भएको राजनैतिक अन्यौलताको वीचमा संघीय ससदमा प्रतिनिधीत्व गर्ने राजनैतिक दललाइ लक्षित गर्दै राष्ट्रपति भण्डारीले आव्हान गर्नभएको सर्वदलीय बैठक आफैमा अर्थपूर्ण रहेको विश्लेषण गरिएको छ।

नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका शिर्ष नेतृत्वलाइ सर्वदलीय बैठकमा वोलाईएको समेत राष्ट्रपतिको कार्यालयले जनाएको छ ।