शुक्रबार, बैशाख ७, २०८१

इजरायली दूतावासबाट पाटन, विर र धुलिखेल अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

काठमाडौं चैत २ ,
नेपालस्थित इजरायली राजदूतावासले पाटन अस्पताललाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एक-एक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गर्नुभएको दूतावासद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएकोछ ।

त्यस्तै विज्ञप्तिमा स्वास्थ्य उपकरण हस्तान्तरण गर्दै राजदूत गोडरले नेपाल–इजराईल सम्बन्धको एउटा पाटो रहेको र यस किसिमको सहकार्यले कोभिड–१९ विरुद्ध लड्न साझा अवधारणा विकास गर्ने कुरा व्यक्त गर्नु भएको उल्लेख  गरिएको छ ।
त्यस्तै पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले इजराईली दूतावासद्वारा प्रदान गरिएको उपकरणहरु विश्व समुदायबाट नेपाललाई दर्शाइएको सद्भावको अनुपम उदाहरण भएको बताउदै यसले कोभिड–१९ विरुद्ध एकजुट भएर सामना गर्न थप बल पुगेको विश्वास व्यक्त गर्नुभयो । यसअघि दूतावासले अस्पतालका कन्सलटेन्ट हाडजोर्नी विषेशज्ञ डा.श्रृषि विष्टलाई ABG Monitors, प्यासेन्ट मनिटर र धुलिखेल अस्पताललाई Tumbler Dryer लगायतका स्वास्थ्य उपकरण प्रदान गरिएको उल्लेख गरिएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु