शुक्रबार, चैत्र १६, २०८०

थप ७९ जना कोभिड सङ्क्रमित थपिदै गर्दा ७५ जना डिस्चार्ज

नेपालमा कोभिड –१९ विरुद्धको खोप लगाउनेको सख्या १५ लाख ५५ हजार ४४१ पुग्यो

काठमाडौं चैत २,
पछिल्लो २४ घण्टामा ३ हजार ३११ पीसीआर परीक्षणको क्रममा थप ७९ जना कोभिड सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्तालयका अनुसार आज थपिएका संक्रमितसंगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको जनाएको छ ।

यस्तै वितेको २४ घण्टामा नेपालमा ७५ जना निको भएर डिस्चार्ज भएसंगै निको भएकाको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको जानकारी दिदै हालसम्म २२ लाख १८ हजार ७२२ जनाको पीसीआर परीक्षण भइसकेको जनाएको छ । त्यस्तै वितेको २४ घण्टामा सङ्क्रमितको मृत्यु नभएको जानकारी दिदै मन्त्रालयले नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको जनाएको छ ।

यसैवीच नेपालमा कोभिड –१९ विरुद्धको खोप १५ लाख ५५ हजार ४४१ जनाले लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त भएको पछिल्लो डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने कार्य भएको जानकारी दिनुभएको हो ।