शुक्रबार, चैत्र १६, २०८०

लाहान मालपोत कार्यालयमा बम विस्फोट, विष्फोटमा परी ७ जना घाइते

काठमाडौं चैत १,
सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा अर्थात गोइत समूहको पर्चा फेला परेसंगै प्रहरीले सोही समूहले बम विष्फोट गराएको हुन सक्ने आशंका गरेको छ ।

प्रहरीका अनुसार २ जना सरकारी कर्मचारी सहित सेवाग्राही घाइते हुने गरि आइतबार दिउँसो भएको सो विष्फोटमा परी ७ जना घाइते भएको जानकारीदिदै जिल्ला प्रहरी कार्यालय सिराहाले गोइत समूहको पछिल्लो समय गतिविधि प्राय शुन्य रहे पनि आज भएको विस्फोटनको घटनाले नयाँ समस्या सिर्जना गरेको जनाएको छ।

साथै बिस्फोटमा गम्भीर घाइते भएका सेवाग्राही दिनेशकुमार भण्डारीलाई हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको जानकारी दिदै बाँकी घाइतेहरुको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको जनाएकोछ ।