बुधबार, बैशाख १२, २०८१

केन्द्रीय समितिको निर्णय कार्यान्वयन नगर्न माग गर्दै खनाल– नेपाल पक्ष आयोगमा

काठमाडौ चैत १,
प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपा एमालेको शुक्रवार बसेको केन्द्रीय कमिटी बैठकको निर्णय कार्यान्वयन नगर्न माग गर्दै झलनाथ खनाल– माधव कुमार नेपाल पक्षका नेताहरुले निर्वाचन आयोगलाई पत्र बुझाएका छन् ।

खनाल– नेपाल पक्षका ११ जना नेताहरुको संयुक्त हस्ताक्षर सहित आज निर्वाचन आयोगलाई बुझाएको पत्रमा केन्द्रीय कमिटीका कतिपय पदाधिकारीलाई पदबाट हटाइएको, केहीको जिम्मेवारी हेरफेर गरिएको र केही थप व्यक्तिहरुलाई केन्द्रीय कमिटीको सदस्य बनाइएको पार्टीको मौजुदा विधान विपरित रहेको र विधान विपरित गरिएको निर्णयको जानकारी आफूहरु नभएको भन्दै उक्त निर्णय ग कार्यान्वयन नगर्न आग्रह गरिएकोछ ।

  त्यस्तै पत्रमा यदि शुक्रवार भनिएको बैठकको निर्णय कार्यान्वयन भए पार्टी एकतामाथि गम्भीर आघात पुग्ने भएकाले निर्णयलाई बैधानिकता नदिन समेत माग गरिएको थाआ भएको छ । आयोगलाई बुझाइएको पत्रमा हस्ताक्षर गर्ने नेताहरुमा क्रमस झलनाथ खनाल, माधवकुमार नेपाल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीमबहादुर रावल, घनश्याम भुषाल, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट, योगेशकुमार भट्टराई, मुकुन्द न्योपाने र सुरेन्द्र पाण्डे रहेका छन ।