बुधबार, बैशाख ५, २०८१

प्रतिक्रियावादी शक्तिहरुले देशको राजनीतिकको स्थिरतालाइ भंग गर्न खोज्यो : प्रम ओली

 जनादेशमा जाने घोषणा गर्दा संविधान रहदैन भन्नेहरु कुनै पनि अर्थमा लोकन्तत्रका हिमायती हुन नसक्ने भन्दै विकासको परिपथमा देश अगाडि बढाउने आफु जस्तो नेता कोहि पनि नभएको प्रम ओलीको जिकिर

काठमाडौ फागुन २९,
नेकपा एमाले सम्वद्ध अखिल नेपाल महिलासंघद्वारा शनिबार राजधानीमा आयोजित बृहत् राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले “उफ्रने उफ्रिँदै गर्छन्, कराउँदै गर्छन् उजूरी लिएर अदालत र, निर्वाचन आयोग कुद्ने कुद्दै गर्छन्, हामी देश बनाउने काम गर्दै गर्छौँ जुन कामलाइ चाहेर पनि कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

त्यस्तै पछिल्लो समय प्रतिक्रियावादीका शक्तिहरुले देशको राजनीतिकको स्थिरतालाइ स्थीरतालाइ भंग गर्न खोजेको बताउदै संसद विघटन गरेर नयाँ जनादेशमा जाने घोषणा गर्दा संविधान रहदैन भन्नेहरु कुनै पनि अर्थमा लोकन्तत्रका हिमायती हुन नसक्ने भन्दै ​विकास नाममा देश अगाडि बढाउने आफु जस्तो नेता कोहि पनि नभएको जिकिर गर्नुभएको छ ।

साथै आफ्नो  पार्टी नेकपा एमाले कसैकोमा प्रधानमन्त्रीको लागि निवेदन दिन नजाने बताउदै सरकार चलाउन हामीबाहेक अरू कुनै पार्टी नेता त्यसको लायक नभएको जिकिर समेत गरेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु