बिहिबार, बैशाख १३, २०८१

एमालेमा गएका नेतालाई कारवाही गर्ने माओवादी केन्द्रको निर्णय

काँग्रेस  र जसपासंग सत्तासमिकरणको तयारी

काठमाडौ फागन २९,
नेकपा माओवादी केन्द्रकोआज बसेको स्थायी समिति बैठकले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम अन्र्तगत सत्ता समिकरण को तयारी सहित विभिन्न नितिगत निर्णय गरेको छ । काँग्रेस  र जसपा वीच यसअघि भएको छलफलको निष्कर्ष अनुरुप कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर नयाँ सरकार बनाउने निचोडमा माओवादी केन्द्र पुगेको सम्वद्ध पक्षले जनाएको छ।

त्यस्तै बैठक पछि पार्टी प्रवक्ता प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जाकारी अनुसार पार्टीका नेता रामबहादुर थापा सहितका नेताहरुले नेकपा एमालेको केन्द्रित सदस्य स्वीकार गरेसंगै एमालेमा प्रवेश गरेका नेताहरुसँग स्पष्टिकरण सोध्ने निर्णय गर्नुका अलावा सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाउने निर्णय र नेकपा एमालेको कमिटीको जिम्मेवारी लिएका संघिय तथा प्रदेश सांसदहरूलाई २४ घण्टा भित्र आफ्नो स्थिति स्पष्ट पार्न पत्र लेख्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।

साथै तत्कालका लागि चैत्र २ गते हुने भनिएको रष्ट्रिय कार्यकर्ता भेला अर्को सूचना नआएसम्मका लागि स्थगित गर्दै चैत १ गते हुने भनिएको केन्द्रीय समितिको बैठक बस्ने निर्णय बताउनुभयो ।