शनिबार, बैशाख ८, २०८१

नगर प्रहरीलाई दज्र्यानी चिन्ह

काठमाडौ फागुन २८,
काठमाडौं महानगरले समायोजन ऐनअन्तर्गत १ दर्जा माथिल्लो तहमा बढुवा भएका नगरप्रहरीहरुलाई आज दज्र्यानी चिन्ह प्रदान गरिएको छ । कार्यक्रममा महानगरका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख राजेश्वर ज्ञवालीले दज्र्यानी चिन्ह प्रदान गर्नुभएको हो ।
इसरी दज्र्यानी चिन्ह प्राप्त गर्नेमा ५ जना नगर प्रहरी उपरीक्षक, ६ जना नगर प्रहरी नायव उपरीक्षक र ३३ जना नगर प्रहरी निरीक्षक हुनुहुन्छ । त्यसै गरी ४२ जना नगर प्रहरी नायव निरीक्षक, ३३ जना नगर प्रहरी सहायक निरीक्षक र ३३ जना नगर प्रहरी हवल्दार रहेका छन ।

त्यस अवसरमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले महानगरको गौरव बढाउन स्मार्ट प्रहरी आवश्यक रहेको बताउनुभयो । ‘विशेष नगर सभाबाट महानगरको संगठन संरचना स्वीकृत भएको छ । यसले प्रमुख प्रशासकीय अधिकृत मातहतमा नगर प्रहरी बल रहने व्यवस्था गरेको छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘तपाईहरुको वृत्ति विकासका लागि महानगरले महत्वपूर्ण निर्णय ग¥यो । अब महानगरको गौरव बचाउन तपाईहरुले स्मार्ट प्रहरीका रुपमा काम गर्नोस् ।’

त्यस क्रममा नगर प्रहरी महाशाखा (साविक) प्रमुख धनपति सापकोटाले, कार्यालयले प्रहरीबाट गरेको अपेक्षा पूरा गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।