बुधबार, मंसिर १५, २०७८

दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गर्ने महिला पक्राउ

काठमाडौं फागुन २८,
भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका-२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

तामाङको सहयोगीले एक महिलालाई चितवनमा चिनजानको मानिसको घरमा काम लगाइदिन्छु भन्दै काठमाडौं कलंकीबाट बसमा चढाई साथमा लैजाने क्रममा बेहोस हुने औषधी पानीमा मिलाई खुवाई वेहोश बनाएपश्चात तामाङको कोठीमा लगि बिक्री गरेपछि तामाङले बन्धक बनाई राखी जबरजस्ती बेश्यावृतिमा लगाएको भन्ने जाहेरीको आधारमा प्रहरी प्रधान कार्यालय मानव वेचबिखन अनुसन्धान व्यूरो बबरमहल] जिल्ला प्रहरी कार्यालय नुवाकोटको सहयोगमा विदुर नगरपालिकाबाट उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु