बिहिबार, चैत्र १५, २०८०

बौद्धबाट २ किलो ५ सय ग्राम यूरेनियम सहित ४ जना पक्राउ

काठमाडौं फागुन २८,

काठमाडौं टुसाल- ६ बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।

युरेनियम २३८ को गैरकानुनी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उक्त परिमाणको यूरेनियम सहित पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी(५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, काठमाडौं बौद्ध बस्ने रामेछाप लिखु तामाकोशी(५ घर भएकी ४० वर्षीया जानुका तामाङ, रामेछाप बागजोर नगरपालिका(४ बस्ने २० वर्षीय प्रकाश चौहान र सिन्धुपाल्चोक सुनकोशी(४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेको पत्रकार सम्मेलनमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले जानकारी दिनुभयो ।

त्यस्तै प्रहरीले पत्रकार सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक पालले उक्त कार्यालयबाट भएका त्रैमासिक प्रहरी कारवाहीका मुख्य मुख्य उपलब्धीहरू, शान्ति सुरक्षा व्यवस्थापनमा परिचालित जनशक्ति, कारवाही तथा पुरस्कार सम्बन्धि विवरण, मुद्दा दर्ता संख्या, पक्राउ परेका व्यक्तिहरू लगायतका विषयमा प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।