मङ्लबार, बैशाख ११, २०८१

न्याय परिषद्को बैठक: सर्वोच्चको न्यायाधीशमा डा चुडाल र सुवेदीको नाम सिफारिश [सूची सहित]

काठमाडौं फागुन २८,
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका अध्यक्षतामा आज कसेको न्याय परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीशमा उच्च अदालत पाटनमा कार्यरत डा कुमार चुडाल र त्यस्तै गरि उच्च अदालत सुर्खेतमा कार्यरत र नहकुल सुवेदीको नाम सिफारिश गरेको छ ।

त्यस्तै बैठकले उच्च अदालतका न्यायाधीशमा दुइ दर्जन भन्दा बढिको नाम सिफारिश गरेको परिषद्ले जनाएको छ । परिषदका अनुसार न्याय सेवा विशिष्ट श्रेणीका अधिकृतबाट नारायणप्रसाद पौडेल र ऋषि राजभण्डारीका नाम सिफारिश गरिएको थाहा भएकोछ भने नायब महान्यायाधिवक्ता पौडेललाई उच्च अदालत पाटन र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजभण्डारीलाई उच्च अदालत पाटनबाट उच्च अदालत पोखराका न्यायाधीशमा सिफारिश गरिएको छ ।

सूची हेर्नको लागि यहाँ क्लिक गर्नुहोला

न्याय सेवा राजपत्र प्रथम श्रेणीबाट रामेश्वर रेग्मी र ममता खनाललाई उच्च अदालतका न्यायाधीशमा सिफारिश गरिएको छ । बैठकले अधिवक्तातर्फबाट रसुवाका फुर्पा तामाङ, सिरहाकी श्रीधराकुमारी पुडासैनी, सुनसरीका जगदीश घिमिरे, कञ्चनपुरकी पुनमसिंह चन्द, काभ्रेपलाञ्चोकका सागर विष्ट, सिरहाका गणेश ठाकुर र भक्तपुरकी निर्मला शाक्यको नाम उच्च अदालतका न्यायाधीशमा सिफारिश गरेको छ । त्यस्तै जिल्ला न्यायाधीशमा जगत्नारायण प्रधान, माधवेन्द्र रेग्मी, पुरुषोत्तमप्रसाद ढकाल, विष्णु सुवेदी, अर्जुनप्रसाद कोइराला लगायतको नाम सिफारिश भएको छ ।