बिहिबार, बैशाख ६, २०८१

४८ जना कोभिड सङ्क्रमितको पहिचान हुँदैगर्दा ६१ जना डिस्चार्ज

काठमाडौं फागुन २८,
पछिल्लो २४ घण्टामा नेपालमा ४८ जनामा कोभिड सङ्क्रमणकोपुष्टि भएको भने ६१ जना सङ्क्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।

त्यस्तै मन्त्तालयले आज पुष्टि भएका संक्रमित संगै नेपालमाकुल कोभिढ सङ्क्रमितको संख्या २ लाख ७५ हजार ११८ पुगेको जानकार दिनुको अलावा हालसम्म २ लाख ७१ हजार १७७ जना सङ्क्रमित निको भएको जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पनि कसैको पनि मृत्यु नभएको बुझिएकोछ ।