बिहिबार, बैशाख १३, २०८१

प्रचण्डले भने- गणतन्त्रको रक्षा र ओली प्रवृत्ति विरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार

काठमाडौ फागुन २७,
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओली प्रवृत्ति विरुद्ध जेल जान मात्र नभएर मर्न पनि तयार रहेको बतानुभएको छ ।

स्वास्थ्यकर्मीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लेखिएको १९ पेजको डकुमेन्टमा पनि आफूले केपी प्रवृत्तिविरुद्ध जेल जान र मर्न तयार रहेको बताएको स्मरण गर्दै गणतन्त्र समाप्त पार्ने केपी ओलीको षड्यन्त्र समाप्त पारिएको भन्दै उनले भने, ‘व्याटल जित्यौं, वार जितेका छैनौं ।’

प्राप्त उपलव्धी रक्षाका लागि हिंसात्मक नभई शान्तिपूर्ण तवरबाट अघि बढ्ने उद्घोष गर्दै आफूलाई पूर्वलडाकु लगायत कार्यकर्ताहरुले आवश्यक परे जनयुद्ध लड्न फेरि तयार रहेको बताउने गरेको जिकिरसंगै देशव्यापी रुपमा कार्यकर्ताहरुको भेला गर्ने जानकारी दिएका छन ।